Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटलाई समृद्ध बनाउन माओवादी लागिरहन्छः माओवादी केन्द्रीय सदस्य केसी


नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महेन्द्र केसीले बाँफिकोटलाई समृद्ध गाउँपालिका बनाउन पार्टी निरन्तर लाग्ने  बताउनुभएको छ । नेकपा माओवादी केन्द्र बाँफिकोटले १ नम्बर वडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता केसीले  बाँफिकोट पर्यटनको ठुलो सम्भावना बोकेको पालिका भएको हुँदा यसलाई पर्यटन प्रवद्र्धन गर्ने यसैबाट पालिकाको समृद्धि हुने बताउनुभयो । यहाँका कृषकलाई अनुदानको व्यवस्था गरी कृषिमा आत्मनिर्भर बनाउन पार्टीको योजना रहेको उहाँको भनाई छ ।  

विभिन्न उद्योग धन्दा खोली दैनिक विदेशी रहेको युवा शक्तिलाई देशमै रोजगारीमा जोड्न सक्ने गरी गाउँपालिकाले योजना बनाएर लागु गर्ने भनाई उहाँको छ ।  किसानले उत्पादन गरेका कृषि उपजलाई बजारको व्यवस्थापन गर्न माओवादी पार्टीले उत्पादन बढाउने अनुदान र ऋणको समेत व्यवस्था गर्ने गरी पार्टीले चुनावी घोषणा पत्र बनाएको भन्दै उहाँले यसतर्फ गम्भिर भएर लाग्ने केसीले बताउनु भयो  ।

यस्तै कार्यक्रम सम्बोधन गर्ने क्रममा नेपाल माओवादी केन्दका कर्णाली प्रदेश सदस्य इन्दिरा विएमले  माओवादी पार्टीको सरकारले श्रमजीवी वर्गको पक्षमा लड्ने बताउनु भयो । जनयुद्ध देखी दलित,जनजाति, महिला, अपाङ्ग घाइते गरिब परिवारहरुका हकहितका  लागी लड्दै आएको र अझै पनि लड्ने बताउनु भयो । माओवादी पार्टीको  लामो लडाई र प्रयास पछि देशमा संघियता आएको बताउनुभयो ।

देशलाई यो अवस्था ल्याउ माओवादी पार्टीले खुकुरीको धारमा टेकेर जनयुद्धमा  लडेको बताउनु भयो । देश परिवर्तनको पहिलो बाटो माओवादी भएको हुँदा माओवादी पार्टी भारीमतले  बिजय गराउन उहाँले आग्रह गर्नुभयो । कच्ची विद्यालय रहेका वडाहरुमा  पक्कि विद्यालय निर्माण  गर्ने योजना रहेको बाँफिकोट गाउँपालिका अध्यक्षका उम्मेदवार चन्द्रबहादुर केसीले बताउनुभयो । वडा स्तरिय चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । घाम, पानी नछल्ने विद्यालयहरुमा आफ्नो कार्यकाल भित्र पक्की भवनहरु निर्माण गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो  ।

यस्तै बेरोजगार युवा लाई कृषि पेशामा जोडी उत्पादन मुखी बनाउनु सरकार अग्रसर रहने उहाँको भनाई छ  । अबको केहि वर्षमै वडाको  तासुकाँडासम्म सडक पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । अहिले सम्म  सडक सञ्जालले नछोएका वडा नम्बर २ को मेलगैरी, वडा नम्बर ५ को लेखाबाङ, र १० नम्बरको सेजेलाई पहिलो  प्राथमिकता राखेर  सडक सञ्जालले जोड्ने उम्मेदवार केसीले  बताउनुभयो । अघिल्लो सरकारले निर्माण गरेका योजनाहरुलाई स्तरोन्नति र अधुरा योजनाहरुलाई  पूरा गर्ने गरी सरकार लाग्ने उम्मेदवार केसीको भनाई छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update