Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र त्रिवेणीले तयार पार्यो चुनावी घोषणा पत्र

नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र तयार पारेको छ । घोषणा पत्रमा अबको ५ वर्षमा गाउँपालिकाका सबै वडाका आफ्नौ कार्यालय भवन बनाउने उल्लेख गरिएको छ ।  सुकुम्वासीको समस्या हल गर्न प्रयास गर्ने,  बाह्रै महिना नियमित सडक सञ्चालन गर्ने गरी सडकको स्तरोन्नती गर्ने, प्रत्येक व्यक्तिको स्वास्थ्य बीमा गर्ने, त्रिवेणीबासीको घरघरमा विद्युत पुर्याउने घोषणा पनि माओवादीले गरेको छ । घोषणा पत्रमा त्रिवेणी गाउँपालिकाकाको शिक्षा  र स्वास्थ्यलाई पहिलो प्रथमिकतामा राखिएको छ ।

गाउँपालिकामा २ नमूना प्राविधिक विद्यालय स्थापना गरि पढ्दै कमाउदै गर्ने सिपमुलक आत्म निर्भर जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको अध्यक्षका उम्मेदवार गणेशकुमार केसीले बताउनुभयो । सबै  बालबालिकालाई बाल शिक्षा प्राप्त गरेपछि प्राथमिक तह भर्ना गर्ने, आधारभुत तहसम्मको शिक्षा पूर्ण निःशुल्क र  अनिवार्य गर्ने  माध्यामिक तह सम्मको शिक्षा निशुल्क गर्ने उम्मेदवार केसीले बताउनुभयो ।

सहिद परिवार, द्धन्दपीडित दलित, अपांग, टुहुरा, विपन्न परिवारका बालबालिका छनोट गरी उच्च शिक्षा सम्म छात्रवृत्तिको व्यवस्था पनि घोषणा पत्रमा उल्लेख छ । स्वास्थ्य क्षेत्रमा  गाउँपालिकामा १ वटा एलोेपेथिक अस्पताल १ वटा आयुर्वेदिक चिकित्सा केन्द्र १ वटा प्राकृतिक उपचार केन्द्र स्थापना गर्ने, स्वास्थ्यलाई सबैको मौलिक अधिकारको रुपमा स्थापित गर्ने पनि घोषणा पत्रमा उल्लेख छ । सबैलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने, जेष्ठ नागरिक अपांग, अशक्तलाई घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा पत्रमा लेखिएको छ ।

तेस्तै त्रिवेणी गाउँपालिमा सामाजिक तथा सास्कृतिक प्रवद्र्धन, खेलकुद, मनोरञ्जन, लैँगिक समानता र सामाजिक समावेशिकरण, कृषि तथा पशुपालन, उद्योग, पर्यटन वाणिज्य,सहकारी, वित्तिय क्षेत्रको व्यवस्थापन गर्ने पनि घोषणा पत्रमा उल्लेख छ । भौतिक पूर्वाधार तथा संरचना निर्माण, सिचाई, भवन तथा सहरी विकास, उर्जा लघु तथा साना जलविद्युत, सञ्चार, वन वातावरण तथा भू संरक्षणका लागि पनि विशेष योजना बनाएर कार्यान्वयन गरिने अध्यक्षका उम्मेदवारी केसीले बताउनुभयो ।

 न्याय  तथा कानुन, सार्वजनिक सेवा तथा सुशासन, श्रम तथा रोजगार, महिला, बालबालिका जेष्ठ नागरिक, दलित  सहिद परिवार, युवा लक्षित कायक्रमलाई पनि प्राथमिकतामा राखेको घोषणा पत्रमा उल्लेख छ । एक वडा एक नमूना उत्पादन पकेट क्षेत्र निर्माण तथा वन पैदावारमा आधारित उद्योग स्थापना गर्ने पनि घोषणा पत्रमा उल्लेख छ । उत्पादन तथा रोजगार कार्यक्रमका लागि प्राप्त बजेटको सदुपयोग गर्न र भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको निति अपनाउनको लागि पनि माओवादी केन्द्रलाई मतदान गर्नुपर्ने घोषणा पत्रमा उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update