Kakhara सबैको खबर सम्पूर्ण खबर
ठेकेदारले अलपत्र पारेको सडक विद्यार्थीले बनाए

विद्यार्थीहरुले सडक सफा गरेका छन् । रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगाको सडक विद्यार्थीहरुले सफाई गरेका हुन् । अनेरास्ववियूको नेतृत्वमा राप्ती लोकमार्गमा पर्ने सडकको दुई ठाउँमा सफा गरिएको हो । सडक मर्मतका लागि ठेकेदार कम्पनीले सडकमा राखेको निर्माण सामग्री व्यवस्थापन गरेर विद्यार्थीहरुले सडकलाई सहज बनाएका छन् ।

त्रिवेणिचौक अगाडी र पछाडीको ठाउँमा थुप्र्याइएको निर्माण सामग्री विद्यार्थीहरुले स्काभेटर लगाएर सजिलो बनाएका हुन् । काम गर्दा गर्दै छाडिएको निर्माण सामग्रीले पैदल यात्रु तथा सवारी साधनलाई असजिलो भएपछि सडक सफाइको काम गरेको अनेरास्ववियूका जिल्ला कमिटि सचिवालय सदस्य विशाल विष्टले जानकारी दिनुभयो । डिग्रे विएन कन्ट्रक्सन कम्पनीसँग स्काभेटर सहयोग मागेर सडक सफा गरिएको र सहज बनाइएको विष्टले बताउनुभयो ।

अनेरास्ववियूले जिल्लाका अरु यस्तै काममा निरन्तरता दिने बताएको छ । अनेरास्ववियूका जिल्ला सह संयोजक हुकुम विसीले विद्यार्थीको हकहितका सार्थ सार्वजनिक महत्वका अरु विषयमा चासो राखेर आवश्यक निर्णय र पहल गर्ने बताउनुभयो । पछिल्लो समय अनेरास्ववियू रुकुम पश्चिमले अवैध कलेजको कुरा उठान गरेको छ भने अरु विषयमा पनि छलफल भइरहेको संगठनले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update