नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमले पार्टीका उपाध्यक्षलाई कारबाही गरेको छ । पार्टी विधान विपरीत काम गरेको भन्दै पार्टीका गाउँपलिका उपाध्यक्ष सुन्दर ओलीलाई कारबाही गरेको हो । पार्टी अध्यक्ष गणेशबहादुर खड्का र सचिव चन्द्रबहादुर खड्काले एक सूचना जारी गर्दै उपाध्यक्ष ओलीलाई वैशाख १८ गतेदेखि ६ निलम्बन गरिएको जानकारी दिएका छन् । ओलीले त्रिवेणी गाउँपालिका १ नम्बर वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
पार्टी विरुद्ध बागी उम्मेदवारी दिएका ओलीलाई पार्टीले उम्मेदवारी फिर्ता लिन पटक पटक आग्रह गरेको थियो । उक्त आग्रह गर्दा पनि उम्मेदवारी फिर्ता नलिएपछि ओलीलाई कारबाही गरेको माओवादीले जनाएको छ । वडा सदस्यमा बागी उम्मेदवारी दिएका पार्टी वडा सचिव पूर्णबहादुर बुढालाई पनि पार्टीले कारबाही गरेको छ । उपाध्यक्ष ओलीले ५ जनाको प्यानल सहित उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उतारेका छन् ।