रुकुम पश्चिमको मुुसिकोट नगरपालिकामा गठवन्धन गरेको नेकपा एमाले र नेपाली कागें्रसले जभेटघाट तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिइएका छन् । वैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनको लागि जनभेटघाट तथा घरदैलो कार्यक्रममा गठबन्धन जुटेको हो । गठवन्धन गरेको नेकपा एमाले र नेपाली कांग्रेस मुसिकोट वडा नम्बर ५ ले वडाको विभिन्न टोलमा जनभेटघाट तथा घरदैलो कार्यक्रम गरिरहेको छ ।
सेरिगाउँ रावलवारा र बागबजारका मतादाताको घर घरमा पुगेर मतदाताहरुलाई गठवन्धन गरेको नेकपा एमाले र कांग्रेसलाई विजयी बनाउन अनुरोध गरेको छ । घरदैलो तथा जनभेटघाट कार्यक्रममा गठबन्धनबाट वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार समिरजंग मल्लले जनताका समस्या गुनासो सुन्ने काम भैरहेकाले निर्वाचित भएपछि सोहि अनुुुसार काम गरिने बताउनुभयो । वडा अध्यक्षका उम्मेदवार सहित वडा सदस्यका उम्मेदवार गठवन्धन गरेका नेकपा एमाले नेपाली कांग्रेसका नेता कार्यक्रताहरुले घरदैलो तथा भेटघाट कार्यक्रम गरिहेका छन ।