नेकपा माओवादी पार्टी बाँफिकोट रुकुम पश्चिमको वडा स्तरिय जनसभा आज वडा नम्बर २ मा भएको छ । आईतबार १ नम्बर वडाबाट वडा स्तरिय जनसभा आज २ नम्बरको सम्पन्न भएको हो । जनसभा गाजाबाजा सहित गाउँ परिक्रमा गरी मेलगैरी सहिद पार्कमा पुगेर कार्यक्रम सुरु भएको हो । आउँदो बैशाख ३० हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी ले जनसभा कार्यक्रम गरिरहेको छ ।
जनसभा मार्फत उठेका जनताको गुनासो र समस्या लाई सम्वोधन गर्दै पार्टी अगाडी बढ्ने माओवादी पार्टी बाँफिकोटले जानकारी दिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादीका केन्द्रीय सदस्य महेन्द्र केसीले जनताको सेवाको निम्ति सडक,यातायात,स्वास्थ्य,बिजुली बत्ती लगायतका थुप्रै योजना निर्माणको लागी माओवादी पार्टीलाई भारी मतले बिजय बनाउन उहाँ आग्रह गर्नु भयो ।
साथै जनयुद्धको क्रममा विभिन्न घटनामा परी ज्यान गुमाएका वडाका २९ जना सहिदलाई स्मरण गर्दै सहिदको अमुल्य योगदानको लागी पनि २ नम्बर वडाले चुनाव जित्नै पर्ने बताउनु भयो । जनताका हरेक समस्यामा साथ दिने र विकास निर्माण प्रति सधै अग्रसर हुने एक मात्र पार्टी माओवादी केन्द्र भएकाले आफुहरुलाई विजयी बनाउन पालिका अध्यक्षका उम्मेदवार चन्द्रबहादुर केसीले अनुरोध गर्नुभयो ।
परिर्वतनकारी शक्तिहरुलाई जिताउन आग्रह गदै त्यो परिवर्तनकारी माओवादी पार्टी मात्र भएले दाबी गर्नुभयो । वडाले भौतिक पुर्वाधार तर्फ फड्को मारेको भए पनि वडालाई आर्थिक समृद्धिको यात्रामा अगाडी बढाउन लागि पार्टी कटिबद्ध भएर लाग्ने उम्मेदवार केसीले बताउनु भयो । पार्टी वडा अध्यक्षनलबहादुर परियारको अध्यक्षताबाट सुरु भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य केसी, कर्णाली प्रदेश सदस्य कलबहादुर नाथ, पार्टी पार्टीका गाउँपालिका कोषाध्यक्ष, धनबहादुर खत्री, गाउँपालिका अध्यक्षका उम्मेदवार केसी उपाध्यक्ष उम्मेदवार तारा बुढा केसी, वाइसिएल कार्यकर्ता लगायतका उपस्थिति रहेको छ।