नेकपा माओवादी केन्द्र त्रिवेणी रुकुम पश्चिमले चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । आइतबार वडा नम्बर ८ को पेउघामा चुनावी सभा गरेको माओवादी केन्द्र त्रिवेणीले आज भने ७ नम्बर वडाको मुरुडाँडामा चुनावी सभा गरको हो । चुनावी सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्षका उम्मेदवार गनेशकुमार केसीले समग्र ७ नम्बर वडाको विकासको लागि आफुले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो ।
वडा नम्बर ७ को विभिन्न ठाउँमा सडक सञ्जालले जोडिन बाक रहेको ठाउँमा निर्वाचित भएपछि तत्तकाल सो ठाउँमा सडकको निर्माणको काम गरिने बताउनुभएको छ । ७ नम्बर वडामा अन्य वडाको तुलनामा सडक क्षेत्रमा कम काम भएकाले सडकको निर्माण गरी बाँकी सञ्चालनमा आएका सडकको स्तर उन्नती गरी बाह्रै महिना सञ्चालन गरिने बाउनुभयो । खानेपानीको क्षेत्रमा केहि समस्या भएपनि मुहानको पहिचान गरी र भएका मुहानको संरक्षण गरी एक घर एक स्वच्छ खानेपानीको धारा निर्माण गरिने बताउनुभयो ।
कृषि क्षेत्रमा ७ नम्बर वडा राम्रो भएकाले कृषि क्षेत्रमा किसानलाई अनुदान को व्यवस्था मिलाई उत्पारुदनमा जोड दिने बताउनुभएको छ । संचार क्षेत्र महत्वपूर्ण माध्यम भएकाले प्राविधिक सर्वेक्षण गराई आवस्यक पर्ने ठाउँमा टेलिफोन टावर स्थापना गरी अझ व्यवस्थित तरिकाले गाउँपालिकाभरी नै संचारको सुविधा मिलाईने बताउनुभो । सहिद परिवारको नाम बाट सडकको नामकरण गरिने पनि बताउनभएको छ ।
तेस्तै वृद्धावृदको स्वास्थ्य चेक जाँचको लागि घर घरमा स्वास्थ्यकर्मी खटाइने पनि पालिका अध्यक्षका उम्मेदवार केसीले बताउनुभयो । पालिका उपाध्यक्षकी उम्मेदवार राजकुमारी रेउलेले वडा नम्बर ७ मा मात्रै नभई समग्र त्रिवेणीमा सबै नागरिकको घरघरमा विद्युत लाईनको विस्तार गरिने बताउनुभयो । शिक्षामा विशेष जोड दिई गुनस्तरीय रोजगार मुलक शिक्षा प्रदान गरिने बताउनुभयो । त्रिवेणीमा घर घरमा विद्युतबाट नै खाना पकाउने प्रणालीको सुविधा मिलाई धुवाँ रहित समाज निर्माण गर्ने पालिका उपाध्यक्षका उम्मेदवार रेउलेले बताउनुभयो ।
७ नम्बर वडा अध्यक्षका उम्मेदवार धनबहादुर खड्काले युवाहरुका लागि सिप मुलक तालिम सञ्चालन गरी युवाहरुलाई स्वरोजगार बनाउने बताउनुभएको छ । किसानहरुका लागि सहुलिएतमा मल बीउको पनि व्यवस्था गरिने र किसानले उत्पादन गरेका कृषिजन्य वस्तुलाई खेर जान नदिने उचित बजारको व्यवस्यापन मिलाईने वडा अध्यक्षका उम्मेदवार खड्काले बताउनुभयो । समग्र विकासको लागि स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई नै विजयी बनाउन उहाँले अनुराध समेत गर्नुभएको छ ।
कार्यक्रकमा पार्टी अध्यक्ष गनेशबहादुर खड्काको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार समितिका सदस्य मिनबहादुर ओली, विशेष अतिथि कर्णाली प्रदेश सदस्य निर्मला विष्ट पालिका उपाध्यक्ष टेकबहादुर ओली लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टी सचिव चन्द्रबहादुर खड्काले गर्नुभएको थियो ।