नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका वडा नम्बर २ रुकुम पश्चिमले चुनावी प्रचारप्रसार अभियानलाई जारी राखेको छ । आइतबार वडा नम्बर २ को सिम्रुतु डाँडा बर्खेटाकुरा टोलमा चुनावी घरदैलो तथा जनभेटघाट गरेको माओवादी केन्द्र बडा नम्बर २ ले आज भने सोहि वडाको बादरपानीमा घरदैलो तथा जनभेटघाट कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्षका उम्मेदवार मोतिराम पुनले वडामा सडकको विकास पहिलो स्थानीय सरकारले राम्रो गरेको तर बाह्रै महिना चल्ने गरी आफुले सडकको स्तर उन्नति गर्ने बताउनुभएको छ । २ नम्बर वडाको केही ठाउँमा खानेपानीको समस्या भएपनि थप व्यवस्थित गर्दै खानेपानीको समस्या हुन नदिने बताउनुभएको छ ।
लिफटिङ प्रविधि मार्फत लसुने खोलाको पानी बाँदरपानी टोलमा ल्याउने तयारी भैरहेकाले थप व्यवस्थित गरेर खेति गर्ने किसानका लागि सिँचाईको व्यवस्था मिलाई कृषि उत्पादनमा जोड दिइने वडा अध्यक्षका उम्मेदवार पुनले बताउनुभयो । समृद्ध वडा नम्बर २ को विकासको लागि माओवादी केन्द्रलाई नै विजयी बनाउन पनि मतदातालाई अनुरोध गर्नुभएको छ ।
घरदैलो तथा जनभेटघाट कार्यक्रममा वडा सदस्यका उम्मेदवार पालिका पार्टी सचिवालय सदस्य सोभाराम बोहरा २ नम्बर पार्टी अध्यक्ष तुल्सिराम बुढाथोकी वाइसियल लगाएतको उपस्थिति रहेको थियो । जनभेटघाट तथा घरदैलो अभियान निरन्तर चलिरहने माओवादी केन्द्र त्रिवेणी २ ले जनाएको छ ।