नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिका रुकुम पश्चिमले आगामी बैशाख ३० को स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । सानीभेरी गाउँपालिका वडा नं १ को चाइनाबगरमा चुनावी अभियान कार्यक्रमबाट आज घोषणा पत्र सार्वननिक गरिएको हो । विभिन्न क्षत्रगत शीर्षक बनाई ४० वटा दफामा उक्त घोषणा पत्र तयार गरिएको निर्वाचन परिचालन समितिका संयोजक नरबहादुर पुनले बताउनु भयो ।
घोषणा पत्रमा अबको ५ वर्षमा गाउँपालिकाको प्रशासकीय भवनका साथै सबै वडाका आफ्नौ कार्यालय भवन बनाउने उल्लेख गरिएको छ । पहिलो सानीभेरी सरकारले खोलेका सडकहरु लाई स्तरोन्नती गरी बाह्रै महिना नियमित सडक सञ्चालन गर्ने, प्रत्येक व्यक्तिको स्वास्थ्य बीमा गर्ने, सानीभेरी गाउँपालिकाका घरघरमा विद्युत पुर्याउने घोषणा पनि माओवादीले गरेको छ । घोषणा पत्रमा सानीभेरी गाउँपालिकाकाको शिक्षा र स्वास्थ्यलाई पहिलो प्रथमिकतामा राखिएको छ ।