नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले केपि ओली सम्पूर्ण परिवर्तन विराेधि रहेको बताउनुभएको छ । नेकपा प्रचण्ड–माधव नेपाल समुहले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता शर्माले ओली हालसम्म प्राप्त सबै प्रकारका उपलब्धि र परिवर्तनका विरुद्धमा रहेको बताउनुभएको हो । प्रदेशलाई कमजोर बनाउने, स्थानीय तहलाई संविधानले व्यवस्था गरेको अधिकार नदिएर ओलीले संघीयता विरोधि व्यवहार देखाएको उहाँको भनाई थियो ।
सम्पूर्ण परिवर्तनहरु गुम्ने खतरा बढेकाले आफुहरुको अहिलको लडाई संघीय लोकतान्तिक प्रणालीलाई बचाउनका लागि भएको नेकपाका स्थायी कमिटि सदस्य समेत रहनुभएका नेता शर्माले स्पस्ट पार्नुभयो । ‘केपि ओली पश्चगामी बाटोमा हुनुहुन्छ, उहाँलाई यो परिवर्तन स्विकार छैन्, उहाँका गतिविधिहरुले यो देखाउँछ,’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय त सुनिन थालेको छ, प्रदेश सभा खारेज गर्ने रे, सामानुपातिक समावेशि व्यवस्थालाई खारेज गर्ने रे, हामि टुलुटुल हेरेर बस्दैनौं ।’ सुरु देखि नै गणतन्त्र विरोधि प्रधानमन्त्री ओलीले अहिलेपनि ठुलो बलिदानीबाट भएको परिवर्तनको खिल्लि उडाईरहेको उहाँले बताउनुभएको थियो ।
अवको बाटो आर्थिक समृद्धि र समाजवादको रहेको भन्दै उहाँले आफुहरु संविधानले दिएको जनताको अधिकार जनताको हात हातमा पुर्याउन लागि परेको स्पस्ट पार्नुभयो । संविधानको रक्षाका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको र संविधानको रक्षा भए मात्र देशको रक्षा हुने बताउँदै नेता शर्माले केपि ओलीको असंवैधानिक, अलोकतान्त्रिक कदमलाई परास्त पारेरै छाड्ने ठोकुवा समेत गर्नुभयो । कुनैबेला उठेको जनताबाट निर्वाचित कार्यकारीको वहस पछिल्लो घटनाक्रमले पुनः व्युतिएको समेत उहाँले बताउनुभएको थियो ।
केपि ओलीले लिएको कदमलाई सहि भन्ने कोहि पनि नभएको उहाँको दाबि थियो । त्यस्तै आफुहरुको पार्टी नै आधिकारीक नेकपा रहेको समेत उहाँले प्रस्ट्याउनुभएको थियो । केपि ओलीलाई राष्ट्रघातीको संज्ञा दिदै पार्टी एकताको कुनै सम्भावना नभएको पनि उहाँले बताउनुभयो । राष्ट्रघातीहरुसंग कुनैपनि एकता नहुने बरु पार्टी छाडेर गएकालाई फिर्ता ल्याउने बताउनुभयो ।