स्थानीय तह निर्वाचन आउन केही बाँकीँ चुनावी माहोल रुकुम पश्चिममा निकै तातिएको छ । चुनावी माहोल सुरु भएसँगै बजार भन्दा पनि गाउँमा चहलपहल र रमाईलो हुदैँ गएको छ । रुकुम पश्चिमका बजार क्षेत्र चुनावी माहोलले गर्दा फाटफुट चहलपहल भएपनि तेति पहिलेको जस्तो चहलपहल भने नभएको मुसिकोट नगरपालिका वडा नम्बर ५ बागबजारका स्थानीय बेचु खत्रीले बताउनुभयो ।
राजनीतिक दलहरु बजार भन्दा पनि गाउँ केन्द्रित भएर नै बजारको चहलपहल घटेको छ । बजार भन्दा पनि राजनीति दलका नेता कार्यकर्ताहरु गाउँ गाउँ गएर भोट माग्न मै व्यस्त छन । असन्तुस्ट भएका मतादालाई फकाउनमै व्यस्त छन् । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी सभा तथा छलफललाई तिव्रता दिएका छन् । राजनीतिक दलहरु बाजा गाजा सहित गाउँ गाउँमा चुनावी सभा र घरदैलो मै व्यस्त छन् ।
वैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनको लागि राजनीतिक दलहरुले जित हासिल गर्न टोल स्तर बाट वडा स्तर हुदै पालिका स्तर सम्म गतिविधि गरिरहेका छन् । कतिपय राजनीतिक दलहरु त सम्भावना नै नहुने काम गर्छु भनि मतदातालाई आस्वसन दिएर आफ्नो पक्षमा नतिजा पार्न समेत पछि परेका छैन् । वैशाख १७ गते सम्म कुनै राजनीतिक दल गाउँमा प्रवेश गरेको भए पनि १७ गते देखि भने निरन्तर गाउँ गाउँमा प्रवेश गरिरहेका छन् । जनताका सुख दुखमा साथ दिने आस्वसन दिरहेका छन ।
विकास निर्माणको काम आफु र आफ्नो पार्टी मात्रै गर्न सक्ने प्रतिवधता विभिन्न राजनीतिक दलहरुले गरिरहेका छन् । केही दिन मात्रै बाँकी रहेकाले स्थानीय तहको निर्वाचनमा स्थानीयले नै जनप्रतिनिधि चुन्ने अधिकार भएकाले आम नेपाली जनताले हाम्रो भन्दा पनि आफ्नो वडाको र समग्र पालिकाको बिकास गर्न सक्ने राम्रो सक्षम जनप्रतिनिधिलाई जिताउन सकियो भने हाम्रो १ भोटले वडा देखि समग्र पालिकामा विकासले गति लिने त्रिवेणी गाउँपालिका वडा नम्बर २ गैरिनेटाका डिल्लीरमण ओलीले बताउनुभयो ।