Kakhara सबैको खबर सम्पूर्ण खबर
आर्थिक समृद्धि तथा रुपान्तरण अभियानको समिक्षामा नेकपा रुकुम पश्चिम
आठबीसकोट नगरपालिकाको बैठक तथा समिक्षामा सहभागिहरु ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि रुकुमले पश्चिमले आर्थिक समृद्धि तथा रुपान्तरण अभियानको समिक्षा थालेको छ । जिल्लाका ६ वटै स्थानीय तहमा पुगेर अभियानको समिक्षा थालेका हो । आठबीसकोट नगरपालिबाट सुरु भएको यो अभियान सानीभेरी गाउँपालिकामा पुगेर समापन हुनेछ । ७ गते आठबीसकोट नगरपालिकामा यो अभियानको समिक्षा भयो भने ८ गते चौरजहारी नगरपालिकाको समिक्षा भएको छ ।

९ गते त्रिवेणि गाउँपालिका, १० गते मुसीकोट नगरपालिका, ११ गते बाँफिकोट गाउँपालिका र १२ गते सानीभेरी गाउँपालिकामा आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण अभियानको समिक्षा गरिने छ । जिल्लालाई समृद्धितर्फ लैजानका लागि भएका विकास निर्माण, भइरहेका प्रयास अब गर्नुपर्ने कामका विषयमा छलफल भइरहेको जिल्ला कमिटि सचिव विमलकुमार पुनले जानकारी दिनुभयो । पालिका स्तरीय समिक्षामा जिल्ला इन्चार्ज राजकुमार शर्मा, सह इन्चार्ज शेरबहादुर केसी, वसन्तकुमार शर्मा, जिल्ला अध्यक्ष गोपाल शर्मा, कर्णाली प्रदेश सदस्य महेन्द्र केसी, देवी ओली, रातो कामी लगायतका नेताहरु पनि सहभागि भइरहेका छन् ।

पहिलो चरणमा सम्बन्धित स्थानीय तहमा रहेका जिल्ला कमिटिका सदस्यहरुबीच समिक्षा भइरहेको छ । जिल्ला कमिटिका सदस्यहरुबीचको समिक्षा सकिएपछि स्थानीय तह हुँदै वडासम्म यही कार्यक्रम तय गरिएको सचिव पुनले बताउनुभयो । जिल्ला कमिटि, पालिका कमिटि, वडा तथा सेल कमिटिका बैठक बस्ने र हरेक बैठकमा आर्थिक समृद्धि र रुपान्तरण अभियानको समिक्षा हुनेछ । अभियान सफल पारी जिल्लालाई समृद्धितर्फ लैजानका लागि पार्टीका हरेक कमिटि र पार्टी सदस्य लाग्ने निर्णय जिल्ला पार्टीले गरेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update