Kakhara सबैको खबर सम्पूर्ण खबर
कांग्रेस कार्यकर्ताद्धारा माओवादी कार्यालय तोडफोड

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ९ मा माओवादी र नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीका पोष्टर, झण्डा फालेपछि विवाद भएको बताइएको छ ।

त्यसबाट सुरु भएको विवाद अँझै भइरहेको बताइएको छ । गएराति कांग्रेस कार्यकर्ताले माओवादीको वडा कार्यालय र माओवादीका स्थानीय नेता चुडामणी बस्नेत र डिलबहादुर विकको घरमा तोडफोड गरेको, केरा काटिदिएको कतिपयका घरको लत्ताकपडा फालिदिएको व्यक्तिगत रुपमा गालीगलौज गरेपछि विवादले थप उग्र रुप लिएको थियो ।

कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार जनक विक, बस्नेत र अर्का एक व्यापारीको मोटरसाइकल तोडफोड गरिदिएका छन् । विवाद बढ्दै गएपछि दुवैपक्षकाबीच हात हालाहाल समेत भएको बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update