नेकपा माओवादी पार्टी बाँफिकोट रुकुम पश्चिमको वडा स्तरिय जनसभा तिब्रता साथ अघी बढिरहेको छ । आउँदो बैशाख ३० हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी ले जनसभा कार्यक्रम गर्दै आएको छ । १८ गतेबाट जारी जनसभा आज ७ नम्बर वडामा पुगेको छ । गाजाबाजा सहित ७ नम्बर वडा बासीले गाउँ परिक्रमा गरी कार्यक्रम परिनत भएको थियो ।
जनसभा मार्फत उठेका जनताको गुनासो र समस्या लाई सम्वोधन गर्दै पार्टी अगाडी बढ्ने माओवादी पार्टी बाँफिकोटले जानकारी दिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादीका केन्द्रीय सदस्य महेन्द्र केसीले जनताको सेवाको निम्ति सडक,यातायात,स्वास्थ्य,बिजुली बत्ती लगायतका थुप्रै योजना निर्माणको लागी माओवादी पार्टीलाई भारी मतले बिजय बनाउन उहाँ आग्रह गर्नु भयो ।
जनताका हरेक समस्यामा साथ दिने र विकास निर्माण प्रति सधै अग्रसर हुने एक मात्र पार्टी माओवादी केन्द्र भएकाले आफुहरुलाई विजयी बनाउन पालिका अध्यक्षका उम्मेदवार चन्द्रबहादुर केसीले अनुरोध गर्नुभयो । परिर्वतनकारी शक्तिहरुलाई जिताउन आग्रह गदै त्यो परिवर्तनकारी माओवादी पार्टी मात्र भएको दाबी गर्नुभयो ।
वडाले भौतिक पुर्वाधार तर्फ फड्को मारेको भए पनि वडालाई आर्थिक समृद्धिको यात्रामा अगाडी बढाउन लागि पार्टी कटिबद्ध भएर लाग्ने उम्मेदवार केसीले बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य केसी, कर्णाली प्रदेश सदस्य धर्मबहादुर केसी, पार्टीका गाउँपालिका सचिव हर्कु मल्ल गाउँपालिका अध्यक्षका उम्मेदवार केसी उपाध्यक्ष उम्मेदवार तारा बुढा केसी, वाइसिएल कार्यकर्ता लगायतका उपस्थिति रहेको छ।