माओवादी केन्द्रको तर्फबाट रुकुम पूर्वको सिस्ने गाउँपालिकाको अध्यक्षका उम्मेदवार कृष्ण रेग्मिले सिस्ने सरकार शुसासन पार्दर्सी जवाफदेही,भ्रष्टाचारमुक्त गाउँपालिका निर्माण गर्न पहिलो प्राथमिकता रहेको प्रतिबद्धता जनाउनुभएको छ । बिहिवार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादिले आयोजना गरेको जनभेटघाट तथा घरदैलो कार्यक्रम यस्तो बताउनुभेको हो । साथै रेग्मीले ३ नम्बर वडालाई सदरमुकाम सङ्ग जोड्न सडक संजाललाई सुधार गर्ने शिक्षामा दक्ष जनशक्ति उत्पादन गरि गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने ,बिधुत र संचारलाई भरपर्दो बनाउने बताउनुभएको छ ।
साथै आफ्नो टिम निर्वाचित भएपछि प्रत्येक महिनामा एकपटक यसैगरी जनताको घरदैलोमा आएर जनताको शुझाब संकलन गरेर अघि बढ्ने रेग्मिको भनाई छ । त्यस्तै कृषिमा ३ नम्बर वडा मौरीको पकेट क्षेत्रलाई थप व्यव्स्थित गर्ने कृषकले उत्पादन गरेका विभिन्न बस्तुहरुलाई बजारीकरणको व्यवस्था गाउँपालिकाले गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा बोल्दै उपाध्यक्षका उम्मेदवार आस्था बिकले आफू सहिद परिवार र विभिन्न संघर्ष गर्दै आएको महिला भएकोले निर्वाचित भए लगतै प्राथमिकताको आधारमा जनताको मागहरू सम्बोधन गर्दै जाने बताउनु भएको छ ।
जनभेटघाटका क्रममा ३ नम्बर वडा अध्यक्षका उम्मेदवार हेराम खड्काले २०७४ सालको स्थानीय चुनावमा थोरै मतले पराजय भएको हुँदा यसपालि पनि पार्टीले अफुलाई नै अगाडि सारेको खुशी व्यक्त गर्दै ३ नम्बर वडा बासी जनतालाई ढुक्क भएर आफ्नो सम्पुर्ण टिमलाई अमुल्य मत दिएर जिताउन आग्रह गर्नुभएको छ । खड्काले आफू बिजय भैसकेपछी आफ्नो टिमले जनताको सल्लाह सुझाव र आवश्यकता अनुसार बिकास निर्माणका काम काजलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । त्यस्तै कार्यक्रममा एकीकृत समाजबादी पार्टीका जिल्ला सचीव भुवनेअश्वर उपाध्याले यसरी नै सबै एकजुट भएर लागेमा जित सुनिश्चित भएको बताउनुभयाे ।
उपाध्यायले उम्मेदवार बिजय भए लगत्तै गाउँमा भएका समस्याको पहिचान गरी समाधान गर्न तर्फ लाग्ने पहिलो प्राथमिकता रहने उहाको भनाई रहेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार कृष्ण रेग्मी ,उपाध्यक्षका उम्मेदवार आस्था बिक ,३ नम्बर वडा अध्यक्षका उम्मेदवार हेराम खड्का वडा सदस्यका सबै उम्मेदवारहरु अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष केशव रावल,एकीकृत समाजबादिका जिल्ला सची भुवन्वश्वर उपाध्यायको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण अनेरास्ववियुका केन्द्रिय सदस्य रेवन खड्काले गर्नुभएको थियो ।