अनेरास्ववियूको ‘सडक आन्दोलन’
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) रुकुम पश्चिमले दबाव र्याली निकालेको छ । विभिन्न माग राख्दै उसले सदरमुकाम मुसीकोट नगरपालिका–१, खलंगामा सडक आन्दोलन कार्यक्रम अन्तरगत दबाव र्याली निकालेको हो । उसले मुख्यगरी तीन वटा माग राखेको छ । जिल्लामा संचालित अवैध नीजि कलेजहरुलाई कारबाही, खलंगा बजारमा अलपत्र परेको मुख्य सडक स्तरोन्ततिको काम तत्काल सक्नुपर्ने र पट्रोलिय पदार्थको महँगी घटाउनुपर्ने अनेरास्ववियूको माग छ । नेकपाको पार्टी कार्यालय बागबजारबाट सुरु भएको र्याली खलंगा बजार परिक्रमा गर्दै कालिकास्थानमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई संगठनको केन्द्रीय अनुशासन आयोगका सदस्य तुल देवकोटाले सम्बोधन गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७ १७:५५
प्रतिक्रिया दिनुहोस्