Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट १२ का १२ जना कांग्रेस कार्यकर्ता माओवादीमा प्रवेश

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १२ का १२ जना कांग्रेस कार्यर्ताले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । १२ नम्बर वडाको पुरेनचौरमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभामा उनिहरुले कांग्रेस पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।

उनिहरुलाई माओवादी केन्द्रीय सदस्य तथा मुसीकोट नगर प्रमुखका उम्मेदवार वसन्तकुमार शर्माले पार्टी प्रवेश गराउनुभएको हो । पार्टी प्रवेश गर्नेहरुमा मैसर ओली, नरबहादुर ओली, विमला ओली, ग्वामे ओली र मञ्जित रोका छन् । यसैगरी पवित्रा खत्री, सवित खत्री, सूर्य खत्री, गोपाल ओली, अमरबहादुर ओली र काशिराम विष्टले पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनिहरु सबै कांग्रेसको वडा कार्य समिति सदस्य रहेको बताइएको छ ।

मैसर २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडा सदस्यको उम्मेदवार बन्नुभएको थियो । उहाँले उक्त निर्वाचनमा पराजय व्यहोर्नुभएको थियो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादीले चुनाव प्रचार प्रसारलाई तीब्र पारेको छ । विहीबार मात्रै ११ नम्बर वडाको चुनावी सभामा कांग्रेसको युवा संगठनको तरुण दल सचिव दिपेन्द्र ओली सहित २ जनाले माओवादीमा प्रवेश गरेका थिए । मुसीकोटमा माओवादीको तर्फबाट शर्माले नगरप्रमुख र एकीकृत समाजवादीको तर्फबाट विमलकुमार पुनले उपप्रमुखमा उम्मेदवारी दिएर सयुंक्त प्रचार प्रसार गरिरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update