नेकपा माओवादी पार्टी बाँफिकोट रुकुम पश्चिमको वडा स्तरिय जनसभालाई निरन्तरता दिदै आएको छ। आउँदो बैशाख ३० हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी ले जनसभा कार्यक्रम गर्दै आएको हो । १८ गतेबाट जारी जनसभा आज ८ नम्बर वडामा पुगेको छ । गाजाबाजा र र्याली सहित गाउँ परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।
जनाताको गुनासो हरुलाई पार्टीले सम्वोधन गर्दै जनता सामु सरकारले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिचाई जस्ता विकासका पूर्वाधारलाई विशेष जोड दिदै रोजगार मुलक कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दै आएको छ । अब आउने सरकाले जनाताको सल्लाह अनुसार विकास निर्माणका काम गर्ने नेकपा माओवादी केन्द्र बाँफिकोटले जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादीका केन्द्रीय सदस्य महेन्द्र केसीले जनताको सेवाको निम्ति सडक,यातायात,स्वास्थ्य,बिजुली बत्ती लगायतका थुप्रै योजना निर्माणको लागी माओवादी पार्टीलाई भारी मतले विजय बनाउन उहाँ आग्रह गर्नु भयो । माओवादी पार्टी गर्दा हिजो चुलोचौको मै रुमल्लिए महिलाहरु अहिले देशको नेतृत्व गर्न सक्ने भएको बताउनुभयाे । दुली बासीले उत्पादन गरेका कृषि उपजलाई बजारको व्यवस्थापन र ढुवानी को व्यवस्था गर्न माओवादी पार्टी योजना रहेको गाउँपालिका अध्यक्षका उम्मेदवार चन्द्रबहादुर केसी बताउनु भयो ।
यस्तै आगलागी, बाढी,पहिरो, जस्ता विभिन्न बिपतबाट घरबार बिहिन भएका परिवारलाई सरकारले घर निर्माण गर्दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । अधुरा रहेका कामहरु लाई सम्पन्न गर्ने र सम्पन्न भएका योजनाहरुलाई स्तरोन्नति गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य केसी, गाउँपालिका अध्यक्षका उम्मेदवार केसी उपाध्यक्ष उम्मेदवार तारा बुढा केसी, वाइसिएल कार्यकर्ता लगायतका उपस्थिति रहेको छ ।