सानीभेरीमा माओवादी केन्द्रले स्थानीय तहको चुनावी अभियानलाई तिव्रता दिएको छ । सानीभेरीको ११ नम्बर वडाबाट सुरु गरेको अभियान अन्तर्गत सानीभेरी गाउँपालिका वडा नम्बर १०, ११, ७, ८, २, १, ६, ५, ४ हुँदै आज ३ नम्वर वडाको गैल्डाँडामा चुनावी सभा भएको छ ।
कार्यक्रमा पार्टीका कर्णाली प्रदेश सदस्य एवं सानीभेरी गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक नरबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कर्णाली प्रदेश समिति सदस्य धनबिर ओली, दिपेन्द्र बिक मुस्कान, प्रदेश समिति सदस्य तथा गाउँपालिका अध्यक्षका उम्मेदवार बिर्खबहादुर विष्ट केदार, गाउँपालिका उपाध्यक्षका उम्मेदवार कमला रोका पुन, वडा नम्वर ३ का वडा अध्यक्षका उम्मेदवार जगदीश नकाल, वडा सदस्यका उम्मेदवारहरु कृष्णा केसी, गंगे खड्का, कस्तुरी बिक, वाइसीयलका कर्णाली प्रदेश सदस्य गोबिन्द ओली, गाउँपालिका अध्यक्ष गोबिन्द बिसी लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षका उम्मेदवार बिर्खबहादुर बिष्टले समग्र सानीभेरीको विकासको लागी शिक्षा, स्वास्थ्य, यातायातमा बिशेष ध्यान दिने र जनताका आधारभुत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने उहाँले बताउनुभयो । त्यसको लागि वैशाख ३० गते हसिया हथौडामा मतदान गरेर आफुहरुलाई जिताउन उहाँले सम्पूर्ण ३ नम्बर वडावासीलाई आग्रह गर्नुभयो ।
प्रमुख अतिथि नरवहादुर पुनले समग्र सानीभेरीको विकासका लागि नेकपा माओवादी केन्द्रका उम्मेद्वारले जित्नुपर्ने बताउनुभयो । कार्यक्रमको संचालन कर्णबहादुर नकालले गर्नुभएको थियो । कार्यक्रम वडा निर्वाचन परिचालन समितिका संयोजक बिरसिंह बिकको अध्यक्षतामा भएको थियो ।