संसद विघठनको विरोधमा युवा संघको राँके जुलुस
संसद विघठनको विरोधमा राष्ट्रिय युवा संघ रुकुम पश्चिमले आज बेलुकी सदरमुकाम मुसीकोट खलंगामा राँके जुलुस निकालेको छ । संसद विघठन असंवैधानिक रहेको भन्दै यसको विरोधमा केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा पनि राँके जुलुस निकालिएको युवा संघका जिल्ला संयोजक जनक विश्वकर्माले जानकारी दिनुभयो । युवाहरुले खलंगाको त्रिवेणि चोक देखि पातुखोलासम्म राँके जुलुस निकालेर संसद विघठनको विरोध गरेका थिए । उनिहरुले संसद विघठनको निर्णय खारेजिको माग राख्दै सरकार विरुद्ध विभिन्न नारावाजि गरेका थिए । प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संसद विघठन गरेको विरोधमा जिल्लामा नेकपा प्रचण्ड–माधव समुह र उसका विभिन्न भातृ संगठनहरुले विभिन्न संघर्षका कार्यक्रमहरु गर्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७ १९:३३
प्रतिक्रिया दिनुहोस्