Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटलाई समृद्ध बनाउने योजना माओवादीसित छः माओवादी नेता केसी

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महेन्द्र केसीले बाँफिकोटलाई समृद्ध गाउँपालिका बनाउन पार्टी निरन्तर लाग्ने  बताउनुभएको छ । नेकपा माओवादी केन्द्र बाँफिकोटले ६ नम्बर वडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता केसीले जनयुद्धको आधार समेत रहेको उक्त वडा पर्यटनको ठुलो सम्भावना बोकेको  हुँदा यसलाई पर्यटन प्रवद्र्धन तर्फ जोड्ने बताउनुभयो  यसैबाट पालिकाको समृद्धि हुने बताउँदै उहाँले यहाँका कृषकलाई अनुदानको व्यवस्था गरी कृषिमा आत्मनिर्भर बनाउन पार्टीले विशेष योजना अघि बढाउने बताउनुभयो ।

विभिन्न उद्योग धन्दा खोली दैनिक विदेशी रहेको युवा शक्तिलाई देशमै रोजगारीमा जोड्न सक्ने गरी गाउँपालिकाले योजना बनाएर लागु गर्ने भनाई उहाँको छ ।  किसानले उत्पादन गरेका कृषि उपजलाई बजारको व्यवस्थापन गर्न माओवादी पार्टी उत्पादन बढाउने अनुदान र ऋणको समेत व्यवस्था गर्ने गरी पार्टीले चुनावी घोषणा पत्र बनाएको भन्दै उहाँले यसतर्फ गम्भिर भएर लाग्ने केसीले बताउनुभयो  । जनयुद्धको क्रममा विभिन्न घटनामा परी ज्यान गुमाएका वडाका ११ जना सहिदलाई स्मरण गर्दै  सहिदको अमूल्य योगदानको लागि पनि ६ नम्बर वडाले चुनाव जित्नै पर्ने बताउनु भयो ।  

जनताका हरेक समस्यामा साथ दिने र विकास निर्माणप्रति सधै अग्रसर हुने एक मात्र पार्टी माओवादी केन्द्र भएकाले माओवादी पार्टीलाई भारी मतले विजय बनाउन उहाँले आग्रह गर्नु भयो । कच्ची विद्यालय रहेका वडाहरुमा  पक्कि विद्यालय निर्माण  गर्ने योजना रहेको बाँफिकोट गाउँपालिका अध्यक्षका उम्मेदवार चन्द्रबहादुर केसीले बताउनुभयो । वडा स्तरीय चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । घाम, पानी नछल्ने विद्यालयहरुमा आफ्नो कार्यकाल भित्र पक्की भवनहरु निर्माण गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । निःशुल्क एम्बुलेन्स, शिक्षामा गुणस्तर बृद्धि, आयआर्जन, रोजगार, स्वरोजगारमा बृद्धि गर्ने उहाँले बताउनु भयो । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update