Kakhara सबैको खबर सम्पूर्ण खबर
घरदैलो सुरु गर्दै माओवादी केन्द्र चौरजहारी

नेकपा माओवादी केन्द्र चौरजहारी नगरपालिका रुकुम पश्चिमले औपचारीक चुनावी सभा कार्यक्रम सकेको छ । मनोनयन दर्ता गरेलगत्तै सुरु गरेका चुनावी सभा कार्यक्रम सम्पन्न भएको माओवादी केन्द्रले जनाएको छ । माओवादीले १४ वटै वडामा चुनावी सभा कार्यक्रम गरेको छ ।

१ नम्बर वडाबाट सुरु भएको चुनावी कार्यक्रम ३ नम्बर वडामा पुगेर सकिएको हो । अब घरदैलो कार्यक्रम सुरु गरिएको माओवादी केन्द्रको तर्फबाट नगरप्रमुखका उम्मेदवार पुष्प वादीले जानकारी दिनुभयो । १४ वटा चुनावी सभाबाट उत्साही भएको वादीको भनाई छ । ‘चुनावी सभाबाट जनताले उत्साह दिनुभएको छ, अब घरदैलो गरेर सबैसँग छलफल, योजनाबारे बताउने कार्यक्रम छ,’ वादीले भन्नुभयो, ‘जनताहरुले पनि दोहोर्याएर आउन भनिरहनुभएको छ ।’

चुनावी अभियानमा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार शर्मा, गोपाल शर्मा, कर्णाली प्रदेश सदस्य विशाल शर्मा, विरेन्द्र विएम, राधा रोका, नगरउपप्रमुखका उम्मेदवार इश्वरीकुमार शर्मा विएम लगायत खटिनुभएको थियो । अबको घरदैलोमा पनि यिनै नेताहरु खटिने माओवादीले केन्द्र चौरजहारीले जनाएको छ । पार्टीका चौरजहारी नगरका अध्यक्ष श्रीकृष्ण शर्माले उम्मेदवार सहित पार्टीका सबै नेताहरु घरदैलोमा जुटेको जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update