नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम डोल्पा कमाण्ड इन्चार्ज राजकुमार शर्माले माओवादीले रुकुम पश्चिमका ६ वटै पालिका जिजत हाँसिल गर्ने बताउनुभएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुुतुका आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता शर्माले २०७४ सालको विरासत कायमै राख्ने जनताको चाहना अनुसार नै निर्वाचनको मत परिणाम आउने बताउनुभयो ।
रुकुम पश्चिमको समग्र विकासमा स्थानीय सरकार त्यसको नेतृत्व गरेको पार्टीका नेताहरुले जिल्लाको विकासको जग हालिसकेको भन्दै उहाँले यही जगका आधारमा यो निर्वाचन पनि जित्ने दावी गर्नुभएको हो । अब निर्वाचित हुने सरकार र त्यसका प्रतिनिधिले कृषि उत्पादनमा जोड दिनुपर्ने नेता शर्माको भनाई छ ।
रुकुम पश्चिमबाट कृषि क्रान्ति सुरु गर्ने र कृषकलाई उत्पादनमा जोडेर आर्थिक समृद्धि गर्ने उदेश्यले कृषि सहकार्य समुह बनाएर माओवादी केन्द्रले सुरुवात गरेकाले रुकुम पश्चिम कृषि समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभयो । जनताका सेवा सुविधा र युवाहरुको भविस्यको लागि सोच्ने पार्टी माओवादी केन्द्र भएको पनि उहाँले बताउनुभयो । व्यक्तिलाई जिताउने भन्दापनि समग्र पार्टीलाई र देशलाई जिताउनको लागि माओवादी केन्द्रलाई नै वैशाख ३० गतेको आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्न उहाँले मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।