Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँदरपानी पुगेर सकियो माओवादी त्रिवेणीको चुनावी सभा

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नम्बर २ बाँदरपानीमा आयोजित रुघा गाविसको साविक ५ नम्बर वडाको चुनावी सभा कार्यक्रम सम्पन्न गरेको जनाएको छ । गत वैशाख १७ गते देखि चुनावी सभा सुरु गरेको माओवादी केन्द्र त्रिवेणीले आज २ नम्बर वडाको बाँदरपानीमा चुनावी सभा कार्यक्रम सम्पन्न भएको बताएको छ ।

घरदैलो तथा भेटघाट  कार्यक्रम भोलि सम्म भएपनी चुनावी सभा कार्यक्रम भने आज सकिएको माओवादी केन्द्र त्रिवेणीले जनाएको छ । नेकपा माओवादी केन्द्रले बाँदरपानीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पालिका अध्यक्षका उम्मेदवार  गणेशकुमार केसीले त्रिवेणी गाउँपालिका भित्र कुन ठाउँमा खानेपानीको समस्या छ त्यहाँ स्वच्छ खानेपानी पुर्याईने खानेपानी पुगेको ठाउँमा थप व्यवस्थित गरिने, सडक सञ्जालले जोडिन बाँकी भु–भागमा सडक पुयाईने बताउनुभयो ।

सम्पुर्ण त्रिवेणी वासिको घर घरमा स्वच्छ खानेपानी , विधुत पहुँच नपुगेका घर घरमा विद्युतको पहुँचमा  पुर्याइने पनि केसीले बताउनुभयो । हरेक  अप्ठेरो परिस्थितिमा जनतालाई साथ दिने पार्टी माओवादी केन्द्र भएकाले स्थानीय तहको निर्वाचनमा सबै मतदातालाई मतदान गरी आफ्नो सम्पुर्ण टिमलाई विजय बनाउन पालिका अध्यक्षका उम्मेदवार केसीले आग्रह गर्नुभयो । चुनावी सभा कार्यक्रममा पालिका उपाध्यक्ष राजकुमारी रेउले नेकपा माओवादी केन्द्र पालिका सचिवालय सदस्य शोभाराम बोहराले पनि सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा  पार्टीका पालिका अध्यक्ष गनेशबहादुर खड्का उपाध्यक्ष टेकबहादुर ओली वडा नम्बर २ का अध्यक्षका उम्मेदवार मोतिराम ओली सदस्यहरु देवकुमारी बुढाथोकी, भगवती बुढाथोकी, भिमदत्त बुढाथोकी , रेणु विकको  उपस्थित  रहेको थियो । पार्टीका २ नम्बर वडा अध्यक्ष  तुल्सिराम  बुढाथोकीको अध्यक्षता भएको कार्यक्रमको सन्चालन सचिव टोपजङ घर्तीले गर्नुभएको थियो । कार्यक्रममा नेता कार्यकर्ता वाइसीयल आमासमुह लगायतको उपस्थित रहेको थियो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update