Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ४ स्थानीय तहमा मतपत्र पठाईयो 
वसमा राखेर मतपत्र तथा निर्वाचन सामग्री लगिदै ।

वैशाख ३० गते हुने निर्वाचनका लागि रुकुम पश्चिमका ४ वटा स्थानीय तहमा मतपत्र पठाईएको छ । आवश्यक कर्मचारी नियुक्त गरेर मतपत्र सहित अन्य निर्वाचन सामग्रिहरु पठाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पौडेलका अनुसार जिल्लाका आठबीसकोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाका सबै मतदान केन्द्रमा मतपत्र तथा अन्य निर्वाचन सामग्रि सहित कर्मचारी खटाईएको छ । 

अव मुसीकोट र सानीभेरी गाउँपालिकामा बाँकी रहेको पौडेलले बताउनुभयो । निर्वाचनमा जिल्लाभर खटिने लगभग सबै कर्मचारीहरुले नियुक्ति लिईसकेको र अव बाँकी रहेका मुसीकोट र सानीभेरी गाउँपालिकामा पनि भोली दिउँशोसम्ममा मतपत्र तथा आवश्यक सामग्री सहित कर्मचारी खटाईने उहाँले बताउनुभयो । 

अहिलेसम्म जिल्लाका ४ वटा स्थानीय तहका ९१ वटा मतदान केन्द्र र सानीभेरी गाउँपालिकाको गापाघार मतदान स्थलका २ वटा मतदान केन्द्रमा मतपत्र र कर्मचारी खटाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अव सानीभेरीका बाँकी रहेका १७ वटा र मुसीकोट नगरपालिकाका २९ वटा मतदान केन्द्रमा कर्मचारी खटाउन बाँकी छ । 

जिल्लाभरमा मतदान अधिकृत, सहायक मतदान अधिृकत, कार्यालय सहयोगि र सहायक कर्मचारी गरी ६ सय ९४ जना कर्मचारी खटिदै छन् । जिल्लाभरमा ७६ वटा मतदान स्थल र १ सय ३९ वटा मतदान केन्द्रहरु रहेका छन् । सदरमुकामबाट टाढाको दुरिमा रहेका आठबीसकोटका मतदान केन्द्रका लागि भने आईतबार नै कर्मचारी पठाईएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update