नेकपाका कार्यालय सचिव सहित ३ जना माओवादीमा प्रवेश
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा ३ जना व्यक्ति विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गाउँपालिका पार्टी कार्यालय सचिव मिलनबिक्रम पुन, नेपाली कांग्रेस निकट नेबि संघ त्रिवेणी गाउँपालिका सभापती सुशान्त पुन र केही दिन पहिले मात्र कांग्रेस प्रवेश गरेकि त्रिवेणी ३ कि कौशिला ओली खड्काले पार्टी प्रवेश गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
उनीहरुलाई नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम डोल्पा कमाण्ड इन्चार्ज राजकुमार शर्मा, कर्णाली प्रदेश समिति सदस्य झक्कुप्रसाद घर्ती मगर, त्रिवेणी पार्टी अध्यक्ष गणेशबहादुर खड्काले टिका, माला र खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९ १९:२१
प्रतिक्रिया दिनुहोस्