रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र बाहेक अरु कसैको सरकार हुन नस्कने नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य झक्कुप्रसाद घर्तीले बताउनुभएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर २ को बादरपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घर्तीले यस्तो बताउनुभएको हो । त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र बाहेक अरु कुनै राजनीतिक दलले विकास निर्माणको काम नगरेको पनि उहाँले बताउनुभयो ।
आफ्नो ५ वर्षको कार्यकालमा २ नम्बर वडामा मात्रै नभई समग्र त्रिवेणीमा विकासले फड्को मारेको उहाँको भनाई थियो । गरिब, निमुखा , घाइते लगाएत सम्पुर्ण त्रिवेणीवासीको आवश्यकताको पक्षमा काम गरेकोले माओवादी केन्द्रको विजय हुने निश्चित भएको उहाँले दाबी गर्नुभयो । अब आउने माओवादी केन्द्रको सरकारले ५ वर्षको अवधिमा त्रिवेणीका सबै जनताको जीवनस्तर बदल्ने विश्वास पनि उहाँले जनाउनुभयो ।
सम्पूर्ण बेरोजगार युवाहरुलाई कृषि उत्पादन र पशुपालनमा जोडेर समृद्ध त्रिवेणी बनाउने लक्ष्य भएकाले माओवादी केन्द्रलाई नै मतदान गरी विजय बनाउन मतदातालाई आग्रह समेत उहाँले गर्नुभएको छ ।