नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धन रुकुम पश्चिम मुसीकोट नगरपालिकाले नगरका अधिकांश टोलमा चुनावी प्रचार सकाएको छ । नगरका १४ वडा मध्य हालसम्म अधिकांश ठाउँमा चुनावी प्रचार सकाएको गठबन्धनले जनाएको छ । अव वडा नम्बर १ को खलंगा र वडा नम्बर ५ का केही टोलमा मात्र घरदैलो बाँकी रहेको नेपाली कांग्रेस मुसीकोट नगर सचिव सुर्यप्रकाश शर्माले जानकारी दिनुभयो ।
प्रचार प्रसार गर्न पाउने अन्तिम दिन भोली मंगलबार बाँकी रहेका ठाउँमा घरदैलो गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार मंगलबार बिहान वडा नम्बर ५ को कोलटाकुराबाट घरदैलो सुरु हुने छ । त्यस्तै वडा नम्बर ५ को शेरिगाउँ, वडा नम्बर १ को बागबजार, रावलवारा हुँदै खलंगा बजारमा घरदैलो हुने नगर सचिव शर्माले बताउनुभयो ।
मुसीकोटमा नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । गठबन्धनले संयुक्त रुपमा चुनावी प्रचारप्रसार गरिरहेका छन् । गठबन्धनबाट नगर प्रमुखमा कांग्रेसका महेन्द्र केसी र उप प्रमुखमा नेकपा एमालेका थलविर ओली उम्मेदवार हुनुहुन्छ ।