रुकुम पश्चिमका विद्यार्थी जिल्ला नेता भिमबहादुर सार्कीले आफू केपी ओली नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूमा नरहेको प्रष्ट पार्नुभएको छ । एक विज्ञप्ती जारी गर्दै सार्कीले आफूलाई उक्त संगठनको सचिवालयमा राखेको भएपनि आफूले त्यसलाई अस्वीकार गरेको बताउनुभएको हो । गत पुष २३ गते ओली निकट पार्टीको अनेरास्ववियू गठन गरी सार्कीलाई जिल्ला सचिवालय सदस्यमा राखिएको थियो ।
तर सार्कीले आफू मुल नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव नेपाल समूहको अनेरास्ववियूको जिल्ला कमिटि रुकुम पश्चिमको कार्यालय सदस्यको हैसियतमै कार्यरत रहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीले संघीय संसद विघटन गरी कम्युनिष्ट आन्दोलनलाई नै ओझेलमा पारेको विज्ञप्तीमा उल्लेख छ । प्रतिनिधि सभा विघटन भएपछि विद्यार्थीमा विवाद भएको कुरा स्वीकार्दै सार्कीले आफूलाई केपी पक्षधर बनाइएको भन्दै त्यसो नभइ आफू मुल पार्टी र मुल संगठनमा रहेको बताउनुभएको छ ।