Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा कोरोना विरुद्धको पहिलो खोप बिष्णुलाई


रुकुम पश्चिममा पनि कोरोना भाईरस विरुद्धको खोप लगाउन सुरु भएको छ । जिल्लामा पहिलो खोप बिष्णुवहादुर बुढाथोकीले लगाउनुभएको छ । स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बुढाथोकीले जिल्लामा पहिलो व्यक्तिका रुपमा खोपको पहिलो डोज लगाउनुभयो । त्यस्तै दोस्रोमा मुसीकोट नगरपालिकाका स्वास्थ्य संयोजक मानवहादुर खत्रीले खोप लगाउनुभयो । पहिलो चरणमा जिल्लामा साढे ७ सय जनाले कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो । पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स चालक तथा फोहर सरसफाईमा काम गर्नेहरुले खोप पाउँदै छन् । अहिले जिल्लामा २ सय ३८ भाईल खोप आएको स्वास्थ्य सेवा कार्यालयकी खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update