नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अनेरास्ववियू रुकुम पूर्वको सपथ ग्रहण सम्पन्न भएको छ । रुकुमकोटमा अनेरास्ववियूको जिल्ला कमिटि सदस्यका सदस्यहरुले सपथ ग्रहण गरेका हुन् । नेकपाका जिल्ला सह इन्चार्ज तेजबहादुर ओलीको प्रमुख उपस्थितिमा सपथ ग्रहण कार्यक्रम भएको हो । रेवन खड्का संयोजक रहेको कमिटिको सह संयोजकमा कल्याण पुन रहनुभएको छ । जिल्ला कमिटि ४५ सदस्यीय छ । अनेरास्ववियूका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रुपेन्द्र मल्लले सपथ ग्रहण गराउनुभएको थियो ।
सपथ ग्रहण समारोहमा पार्टीका जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठ, नेता रामसुर बुढा, कृष्ण रेग्मी, भिउमान घर्ती, कुमारी बराल, गोवरधन बुढा, बासुदेव गौतम लगायतका नेताहरुको आतिथ्यता थियो । यसैगरी अनेरास्ववियूका संस्थाका अध्यक्ष वसन्त गौतम, पूर्व अध्यक्ष राजकुमार गौतम, नेकपाको विद्यार्थी विभाग सह इन्चार्ज जीवन केसी, जिल्ला कमिटि सचिवालय सदस्य रुपधन कामी, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुनिल रोका, जिल्ला संयोजक तिलक रेउली लगायतको आतिथ्यता रहेको थियो ।