नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलका वडाध्यक्ष सहित ३ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका २, को तरुण दलका अध्यक्ष महेन्द्र चन्द, सदस्य रमेश मल्ल र भरत केसीले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।
नेपाली कांग्रेस छाडेर उनिहरु तीन जनाले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले उनिहरुलाई पार्टी प्रवेश गराउनुभएको हो । माओवादी केन्द्रका मुसीकोट नगर उपाध्यक्ष तथा २ नम्बर वडाध्यक्षका उम्मेदवार दलबहादुर खड्काले ३ जना युवा कम्युनिष्ट विचारधारामा समाहित भएको बताउनुभयो ।
माओवादी केन्द्रको विचार, सिद्धान्त र विकास गर्ने दृढ इच्छाशक्तिका कारण कांग्रेस छाडेर यो पार्टीमा प्रवेश गरेको उनिहरुले बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य ओपेन्द्र शर्मा लगायतको पनि उपस्थिति रहेको थियो ।