Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी २ मा १३ सय १५ मतदाता रहेकामा १ हजारले परिचय पत्र बुझे
मतदाता परिचय पत्र लिन आएकाहरू ।

रुकुम पश्चिमको त्रिवेणी गाउँ पालिका वडा नम्बर २ को पिपल नाथ मतदान स्थलबाट एक हजार मतदाताले मतदाता परिचयपत्र लिएका छन । वडा नम्बर २ मा १३ सय १५ मतदाता संख्या भएपनि एक हजार मतदाताले मात्रै परिचयपत्र लिएको मतदान अधिकृत पुर्णबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार परिचयपत्र लिन छुटेका मतदाता मताधिकारबाट बन्चित नहुन भनेर भाेली पनि परिचय पत्र दिइने र नाम भएका व्यक्तिहरूले नागरिकता देखाएर पनि मतदान गर्न पाउने छन् । 

पिपल नाथ आधारभूत विद्यालयमा क र ख गरी दुई वटा मतदान केन्द्र रहेका छन् । क मतादान केन्द्र बाट ६ सय ४४ जनाले मतदान गर्ने छन भने ख केन्द्रबाट ६ सय ७१ जनाले मतदान गर्ने छ । मतदान स्थलमा २ मतदान अधिकृत, २ सहायक मतदान अधिकृत,  ६ सहायक कर्मचारीहरु खटिएका छन । सुरक्षामा भने म्यादी प्रहरी र नेपाल प्रहरी खटिएका छन । निर्वाचनको  सम्पुर्ण तयारी भइसकेकाे बताइएकाे छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update