Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल क्रान्तिकारीद्वारा पक्राउ परेका जिल्ला अध्यक्ष सहित अन्यकाे रिहाईकाे माग

अखिल क्रान्तिकारीले पक्राउ परेका संगठनका जिल्ला अध्यक्ष र काेषाध्यक्ष सहित अन्यकाे रिहाईकाे माग गरेकाे छ । संगठनकाे राप्ती क्षेत्रिय समन्वय समितिले प्रेस विज्ञप्ती जारी गर्दै पक्राउ परेका सबैकाे रिहाईकाे माग गरेकाे हाे । ‘हाम्राे संगठनका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बाेहरा, काेषाध्यक्ष धनबहादुर ओली,  लगायत सर्वसाधारणहरू सागर बुढा, अभिषेक बुढा र किरण रसाईली आफ्नै काेठामा अध्यन गरिरहेकाे अवस्थामा अपहरण शैलीमा गरफ्तार गरीएकाे छ, यसमा हाम्राे गम्भीर ध्यानाकर्षण भएकाे छ, विज्ञप्तीमा भनिएकाे छ ।’

संगठनले उनिहरूकाे विनाशर्त रिहाईकाेे माग गरेकाे छ । रिहाई नगरे कडा संघर्षमा उत्रने संगठनका राप्ती क्षेत्रिय समन्वय समितिका संयाेजक दिपक बिष्टले जारी गरेकाे विज्ञप्तीमा चेतावनी दिईएकाे छ । साथै उसले याे घृणित कार्यकाे प्रतिराेधमा अघि सर्न अपल पनि गरेकाे छ । प्रहरीले संगठनकाे बैठक बसिरहेकाे अवस्थामा उनिहरूलाई हिजाे पक्राउ गरेकाे भन्दै सार्वजनिक गरेकाे थियाे । प्रहरीले उनिहरूमाथि गत माघ १० गते त्रिवेणि ६ बिसाैनिमा बम राखेकाे घटनामा संलग्न रहेकाे आशंका समेत गरेकाे छ । 

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update