अर्थमन्त्री शर्माद्धारा मतदान

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ को यमुना नन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेको मतदान अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो । ७ बजेदेखि मतदान सुरु भएको र त्यसको लगत्तै मन्त्री शर्मा मतदान गरेर फर्किएको उहाँले बताउनुभयो । यस मतदान स्थलमा २ वटा मतदान केन्द्रहरु रहेका छन् । जसमा मतदाता संख्या १४ सय ५२ रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ ०७:२४
प्रतिक्रिया दिनुहोस्