रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ९ को सुन्दरपानी मतदान स्थल ‘ख’ मतदान केन्द्रमा तनावपूर्ण अवस्था सृजना भएको छ । माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धन विचमा विवाद सृजना हुँदा अवस्था तनावपूर्ण बनेको हो । अहिले मतदान रोकिएको छ ।
के कारणले विवाद सृजना भएको हो भन्ने चाही खुल्न नसकेको उक्त मतदान केन्द्रका सहायक कर्मचारी तुल्सिराम बोहराले जानकारी दिनुभयो । मतदानको क्रममा विवाद भएको र दुवै पक्षविचको विवाद उग्र बनेपछि अहिले मतदान स्थगित भएको बोहराले बताउनुभयो ।
यो माओवादीबाट नगर प्रमुखका उम्मेदवार रवि केसी र कांग्रेस–एमाले गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार धिरेन्द्रकुमार बटालाको मतदान केन्द्र हो । अहिले दुवै पक्षका विचमा वाद विवाद चलिरहेको बताईएको छ ।
https://www.kakhara.com/detail/2823