बाँफिकोट गाउँपालिका अध्यक्षका उम्मेदवार जेके बाँठाको गाडिले हानेका बृद्धको मृत्यु
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जनककुमार बाँठा जेकेको गाडि हानेका पुरुषको मृत्यु भएको छ । उक्त गाडिले हानेका बाँफिकोट गाउँपालिका ७, का मतदाता पर्जे खत्रीको मृत्यु भएको हो । दिउँसो ७ नम्बर वडाको एक मतदान केन्द्रमा पुगेका बाँठाको गाडिले पर्जेलाई हानेको थियो ।
गाडिले हानेपछि घाइते भएको पर्जेको जिल्ला अस्पतालमा मृत्यु भएको हो । गाडिले हानेपछि गम्भिर घाइते भएका पर्जेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । तर अस्पतालले पर्जेलाई मृत घोषणा गरेको छ । पर्जेको शव जिल्ला अस्पतालमै छ । मतदान केन्द्र घुम्दै जाने क्रममा बाँठाको टोली ७ नम्बर वडाको मतदान केन्द्रमा पुगेको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ १७:३५
प्रतिक्रिया दिनुहोस्