चौरजहारीमा मत गणना सुरु

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा मत गणना सुरु भएको छ । वैशाख ३० गते भएको मतदानको आज विहानबाट मत गणना थालिएको हो । १ नम्बर वडाबाट मत गणना थालिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको । मत पेटिका गएराति नै संकलन गरिएपनि गणना भने विहानबाट थालिएको हो ।
कांग्रेस एमालेको गठबन्धन र माओवादीको एक्लै चुनावमा भिडेको छ । गठबन्धनबाट कांग्रेसका प्रेमबहादुर ओली प्रमुख, उपप्रमुखमा एमालेका टंकप्रसाद ओली उठेका छन् भने माओवादीबाट प्रमुखमा पुष्प वादी तथा उपप्रमुखमा इश्वरीकुमारी शर्मा विएमको उम्मेदवारी परेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ ०८:४५
प्रतिक्रिया दिनुहोस्