Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा पनि मत गणना थालियो
त्रिवेणीमा मत गणना गरिँदै ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा मत गणना कार्य सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय  खारानेटामा मत गणना सुरु भएको हो । शुक्रबार साँझको सर्वदलीय बैठकले बिहान ७ बजे देखि मत गणना सुरु हुने भनिएपनि केही समय ढिला गरी  साढे ८ बजे बाट मत गणना सुरु भएको छ ।

त्रिवेणीमा १० वडा रहेकोमा मत गणनाको सुरु भने वडा नम्बर १ बाट भएको निर्वाचन अधिकृत कृतिबहादुर बस्नेतले बताउनुभयो । वडा नम्बर १ मा अध्यक्षका उम्मेदवारहरु  माओवादी केन्द्रबाट लक्ष्मन ओली नेपाली कांग्रेसबाट मुस्कान ओली र स्वतन्त्र बाट सुन्दर ओली रहेका छन । सुरक्षा व्यवस्था भने व्यवस्थित गरिएको बताइको छ । म्यादी प्रहरी नेपाल प्रहरी र शसत्र प्रहरीले मत गणना स्थलमा सुरक्षा दिइहेका छन ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update