
नेपाली कांग्रेसको तर्फबाट रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षका उम्मेदवार जनककुमार बाँठा जेकेलाई प्रहरीले नियन्त्रणमा राखेको छ । बाँफिकोट ७ नम्बर वडाको मतदान स्थलमा जेके चढेको गाडिले ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो । त्यसपछि प्रहरीले जेकेलाई नियन्त्रणमा राखेको छ ।
हिजो राति जेकेलाई जिल्ला ल्याइएको छ । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सम्भावित घटना रोक्नका लागि आवश्यक सुरक्षा सतर्कता अपनाइको बताउनुभयो । यसै विषयलाई लिएर बाँफिकोट गाउँपालिकामा मत गणना सुरु हुन सकेको छैन ।
मत गणनाका लागि कांग्रेसका प्रतिनिधिहरु सम्पर्कमा नरहेको जनाइएको छ । उनिहरुले जेके बाँठालाई नियन्त्रण राख्नु नपर्ने भन्दै आएका छन् । हिजै मत पेटिका संकलन भएपनि मत गणना सुरु भएको थिएन । आज विहानैबाट मत गणना गर्ने भनिएपनि अहिलेसम्म सुरु भएको छैन । हिजो बेलुका जो कसैको प्रतिनिधि नआएपनि विहान ७ बजेबाटै मत गणना गर्ने निर्णय भएको थियो ।