रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट कांग्रेसका ज्ञानुचन्द्र चन्द ९ सय २ मतका साथ विजयी भए । निकटम प्रतिद्धन्दि नेकपा माओवादी–नेकपा एस–जसपा गठबन्धनका डम्बर थापालाई २९ मतले पराजित गर्दै चन्द वडाध्यक्षमा विजयी हनुभएकाे हाे । थापाले ८ सय ७३ मत प्राप्त गर्नुभयाे ।
वडा सदस्यमा भने चन्द प्यानलका ३ जना विजयी हुँदा थापा प्यानलका १ जना विजयी भएका छन् । वडा सदस्यमा कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका अञ्जना बिसी, धनमाया बिक र चोपबहादुर केसी विजयी हुनुभयाे । कांग्रेस–एमाले गठबन्धनका तर्फबाट एमालेकी चन्द्री महतारा पराजित हुँदा माओवादी–एमाजवादी–जसपा गठबन्धनका तर्फबाट माओवादीका गणेशवहादुर हमाल विजयी हुनुभयाे । वडाध्यक्षमा राप्रपाका उम्मेदवारले ८ मत पाए ।
वडा नम्बर १ को मतगणना सकिदासम्म प्रमुख र उप प्रमुखमा पनि नेपाली कांग्रेस–एमाले गठबन्धन नै अगाडी छ । कांग्रेस–एमाले गठबन्धनबाट प्रमुखका उम्मेदवार कांग्रेसका महेन्द्र केसीले १ हजार १० मत पाउँदा, माओवादी–नेकपा एमाजवादी–जसपा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार वसन्तकुमार शर्माले ७ सय ५८ मत पाएका छन् ।
त्यस्तै उप प्रमखमा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका थलविर ओलीले ८ सय ४५ मत प्राप्त गर्दा माओवादी केन्द्र–नेकपा समाजवादी–जसपा गठबन्धनका तर्फबाट नेकपा एकीकृत सामाजवादीका विमलकुमार पुनले ६ सय ४८ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै प्रमुखमा राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठले २ मत पाउँदा उप प्रमुखमा राप्रपाका उम्मेदवारले ८ मत पाएका छन् ।