Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट २ मा पनि कांग्रेस–एमाले गठबन्धन विजयी 
विजय हाँसिल गरेपछि खुशियाली मनाउदै ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर २ मा पनि नेपाली कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । गठबन्धनबाट कांग्रेसका दिनेश खड्का विजयी हुनुभयो । उहाँ ६ सय २८ मत सहित विजयी हुँदा उहाँका प्रतिद्धन्दि माओवादी–नेकपा एस गठबन्धनका दलबहादुर खड्काले ४ सय ७ मत ल्याए । वडाध्यक्षमा २ सय २१ को मतान्तर परेको छ । वडा सदस्यमा पनि कांग्रेसका भवनी शर्मा, कमला ददेल, रेशम खड्का र गोपाल खड्का विजयी हुनुभएको छ । 

२ वडाको मतगणना सकिदा नेपाली कांग्रेस–एमाले गठबन्धनले सुरुवाती अग्रतालाई बढाउदै लगेको छ । अहिलेसम्म कांग्रेस–एमाले गठबन्धन नगर प्रमुखमा ५ सय ३ मतले अगाडी छ । कांग्रेस–एमाले गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार कांग्रेसका महेन्द्र केसीको १ हजार ६ सय ४७ मत छ भने माओवादी–एकीकृत समाजवादी–जसपा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका वसन्तकुमार शर्माको मत १ हजार १ सय ४४ रहेको छ ।

उप प्रमुखमा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका थलबिर ओलीले १ हजार ४ सय १३ मत ल्याउँदा एकीकृत समाजवादीका विमलकुमार पुनले ९ सय ३३ मत पाउनुभएको छ । मुसीकोटमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन गरेका छन् भने अर्कोतिर नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका छन् ।  
 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update