Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यालयलाई जस्तापाताको छाना मुक्त गर्ने त्रिवेणीको पहिलो निर्णय
पदभार ग्रहण गर्रपछि गाउँपालिका अध्यक्ष केसी ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष गणेशकुमार केसीले गाउँपालिका भरीका विद्यालयलाई जस्तापाताको छाना मुक्त गर्ने निर्णय गर्नुभएको छ । अध्यक्ष केसीले केही निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गर्नुभएको हो । 

सबै सामुदायिक विद्यालयलाई पक्की बनाउने पहिलो निर्णय भएको हो । त्यस्तै राजश्व संकलनलाई व्यवस्थित बनाउने र सामाजिक सुरक्षा भत्तालाई नियमित बनाउने निर्णयमा पनि अध्यक्ष केसीले हस्ताक्षर गर्नुभएको छ । जस्ता पाताको छाना भएका बिद्यालयलाई पक्कि बनाउदै लैजाने गरी निर्णय गरेको अध्यक्ष केसीले बताउनुभयो । 
त्यस्तै गाउँपालिकाले अपेक्षित राजश्व संकलन गर्न नसकिरहेको अवस्थामा अव राजश्व संकलनलाई व्यवस्थित बनाउदै लैजाने र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा ध्यान दिने निर्णय पनि भएको उहाँको भनाई छ । त्यस्तै लक्षित वर्गले लामो समयसम्म पनि सामाजिक सुरक्षा भत्ता पाउन नसकिरहेको अवस्थामा अव त्यसलाई नियमित बनाईने अध्यक्ष केसीले बताउनुभयो । 

अध्यक्ष केसीले शुक्रबार सपथ ग्रहण संगै पदभार ग्रहण गर्नुभएको थियो । त्यस्तै उहाँले गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई पनि सपथ गराईसक्नुभएको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update