Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट कार्यपालिका सदस्यमा माओवादीका ६ उम्मेदवार निर्विरोध
बाँफिकोट गाउँपालिका ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको गाउँ कार्यपालिकाले पूर्णता पाएको छ । निर्वाचित गर्नुपर्ने ४ महिला र २ अल्पसंख्य तथा दलित कोटाबाट ६ जना कार्यपालिकामा निर्वाचित भएका छन् । ४ महिलाको कोटामा १ नम्बर वडाबाट कमला केसी मल्ल, ४ नम्बर वडाबाट रिता जैसी, ६ नम्बर वडाबाट ज्योतिका परियार र ८ नम्बर वडाबाट पविता सुनार कार्यपालिका सदस्य बनेका छन् ।

अल्पसंख्यकबाट मनबहादुर बादी र दलितबाट शेरु विक कार्यपालिकामा मनोनित भएका छन् । यी ६ जना माओवादीका उम्मेदवार हुन् । निर्वाचन अधिकृतको कार्यालयले गराएको निर्वाचनमा उनिहरुको मात्रै उम्मेदवारी परेको थियो । अरु कसैको उम्मेदवारी नपरेपछि उनिहर निर्विरोध निर्वाचित भएका हुन् । गाउँपालिकाका सबै पदाधिकारीले सपथ ग्रहण गरेर पदभार समेत ग्रहण गरिसकेका छन् । १८ जनाको कार्यपालिकामा नेपाली कांग्रेसका ३ र माओवादी केन्द्रका १५ जना सदस्य छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update