रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको गाउँ कार्यपालिकाले पूर्णाता पाएको छ । निर्वाचित गर्नुपर्ने ४ महिला र २ अल्पसंख्य तथा दलित कोटाबाट गरी जम्मा ६ जना त्रिवेणी गाउँ कार्यपालिकामा निर्वाचित भएका हुन् । ४ महिला कोटामा २ नम्बर वडा बाट देवकुमारी बुढाथोकी ५ नम्बर वडा बाट विष्णु सुनार ६ नम्बर वडा बाट चादनी पुन र ७ नम्बर वडा बाट प्रेमा ओली कार्यपालिका सदस्य बनेका छन् । अल्पसंख्यकबाट वडा नम्बर ८ का लक्ष्मण कामी र दलितबाट वडा नम्बर ९ का जनककुमार विश्वकर्मा कार्यपालिकामा निर्वाचित भएका हुन् ।
यी ६ जना कार्यपालिकामा मनोनित भएका नेकपा माओवादी केन्द्रका उम्मेदवार हुन् । कार्यपालिका सदस्यमा मनोनित भएका ६ जना नै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतकोे कार्यालय त्रिवेणीले जनाएको छ । अरु कसैको उम्मेदवारी नपरेपछि उनिहरु निर्विरोध निर्वाचित भएका हुन् । गाउँपालिकाका सबै पदाधिकारीले सपथ ग्रहण गरेर पदभार समेत ग्रहण गरिसकेका छन् । १८ जना गाउँ कार्यपालिकामा नेपाली कांग्रेसका ४ र माओवादी केन्द्रका १४ जना सदस्य रहेका छन् ।