वडाध्यक्षको निर्णयः दलित र अतिविपन्न परिवारको मालपोत कर आँफैले तिरिदिने
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जयबहादुर थापाले अतिविपन्न र दलित घर परिवारका लागि मालपोत कर निःशुल्क गरिदिनुभएको छ । पदभार ग्रहण गर्दै वडाका अतिविपन्न र दलित घरपरिवारले वार्षिक मालपोत कर तिर्नु नपर्ने उहाँले निर्णय गर्नुभएको हो ।
अतिविपन्न र दलित परिवारले तिर्नुपर्ने वार्षिक मालपोत कर आँफैले तिरिदिने उहाँले बताउनुभयो । यस्ता परिवार कति छन् त्यसको पहिचान गर्ने र उनिहरुले तिर्नुपर्ने कर आफुले व्यक्तिगत रुपमा तिरिदिने उहाँको भनाई छ । यसबाट विपन्न र दलित घर परिवारलाई थोरै भएपनि राहत पुग्ने उहाँको विश्वास छ ।
यसबारेमा लिखित निर्णय नै भएको उहाँले बताउनुभयो । नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित थापाले सोमबार पदभार ग्रहण गर्नुभएको थियो ।।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ २०:२८
प्रतिक्रिया दिनुहोस्