रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ झुल्नेटा बजारमा सेञ्चुरी बैंकको शाखा स्थापना गरिएको छ । त्रिवेणीवासीलाई वैंकिङ सेवा दिन आज एक कार्यक्रमका विच बैंकको १ सय ४१ औं शाखाको उद्घाटन गरिएको हो । शाखाको त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले उद्घाटन गर्नुभयो । आफ्नो सेवा विस्तारको अभियान अन्तरगत झुल्नेटाका शाखा स्थापना गरिएको सेञ्चुरी बैंकका कर्णाली प्रदेश प्रमुख धर्मराज श्रेष्ठले जानकारी दिनुभयो ।
बैंकले दुर्गमका नागरिकहरुलाई बैंकिङ सेवामा जोड्न विशेष प्राथमिकता दिईरहेको उहाँले बताउनुभयो । यो बैंकले रुकुम पश्चिममा यसअघि देखि नै सेवा दिदै आईरहेको छ । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ९ को राडी बजारमा यसअघि देखि नै बैंकले सेवा दिईरहेको छ । यो संगै जिल्लामा सेञ्चुरी बैंकका २ वटा शाखा भएका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष केसीले गाउँपालिकावासीलाई सहज रुपमा बैंकिङ सेवा दिन आग्रह गर्दै गाउँपालिकाले बैंकसंग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । दुर्गमका नागरिकहरुलाई सेवा दिनुनै आँफुहरुको प्रमुख उद्ेश्य रहेको र सोही अनुसार सहज बैंकिङ सेवा दिने शाखा प्रमुख संगम केसीले बताउनुभयो ।