Kakhara सबैको खबर सम्पूर्ण खबर
नीति, कार्यक्रम र बजेट निर्माणमा सुझाव दिन चौरजहारी नगरपालिकाको आग्रह
चौरजहारी नगर कार्यपालिकाको कार्यालय ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नीति, कार्यक्रम र बजेट निर्माणमा सुझाव आह्वान गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको प्रारम्भिक कार्य सुरु भएकाले नगरपालिको सबैसँग सुझाव माग गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले एक सूचना जारी गरे नीति, कार्यक्रम र बजेट निर्माणमा सुझाव दिन आग्रह गर्नुभएकाे छ । सूचनामा विभिन्न ९ विषयमा सुझाव दिन आग्रह गरिएको छ ।

आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापनमा सुझाव दिन सबैसित आग्रह गरिएको छ । संस्थागत विकास, सेवा प्रवाह र सुशासन, आवधिक र रणनीतिक योजना निर्माण, राजश्व बृद्धि, स्थानीय स्रोतको परिचालन र जनसहभागिता बृद्धि लगायतका विषयमा सुझाव माग गरिएको छ । जेठ १८ गते भित्रै सुझाव पठाएमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा ति सुझाव राख्न सकिने जारी सूचनमा उल्लेख गरिएको छ । लिखित, मौखिक सुझावहरु सोझै कार्यालयमा दिन सकिने वा इमेल मार्फत पनि दिन सकिने व्यवस्था गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update