रुकुम पश्चिमको आठबीसकोट नगर कार्यपालिका सदस्यका लागि निर्वाचन भएको छ । निर्वाचनबाट ८ जना सदस्य निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवार र नेपाली कांग्रेसका उम्मेदवारबीच निर्वाचन भएको थियो । निर्वाचनबाट सबे ८ जना नै माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचित वडा सदस्यबाट ५ जना महिला र ३ जना दलित, अल्पसंख्यकबाट कार्यपालिकामा निर्वाचित भएका हुन् । महिलातर्फ ५ जना निर्वाचित हुनुपर्नेमा ७ जनाको उम्मेदवारी परेको थियो । माओवादी केन्द्रकी कृष्णा घर्ती, नन्दकुमारी आग्री, सदिक्षा मल्ल, सेतु थापा र हिरा थापा निर्वाचित भए । उनिहरु ५ जनाको पक्षमा ४९ मत आयो भने एमालेकी लिला बबाल र नन्नकली कामी पराजित भए उनिहरुको पक्षमा १५ मत आएको छ ।
दलित तथा अल्पसंख्यकमा माओवादी केन्द्रका यज्ञबहादुर विक, रबे कामी र सर्जने कामी निर्वाचित भएका छन् । उनिहरुको पक्षमा ४९ र एमालेका अन्नते कामीको पक्षमा १५ मत खसेको थियो । यो सँगै आठबीसकोट नगर कार्यपालिकाले पूर्णता पाएको छ । २४ जनाको नगर कार्यपालिकामा २० जना माओवादी, २ जना कांग्रेस र २ जना एमालेको प्रतिनिधित्व भएको छ ।