रुकुम पूर्वको भूमे गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीलाई सरकार सञ्चालन, कार्य सम्पादनका सन्दर्भमा अभिमुखिकरण गरिएको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधि तथा कर्मचारीलाई अभिमुखिकरण गरेको हो । आज र भोली सञ्चालन हुने कार्यक्रममा समग्र विकास निर्माण, नीति, कार्यक्रम तथा बजेट निर्माण लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
बजेट निर्माण कार्य प्रारम्भ भएकाले अलि बढी त्यसमा केन्द्रीत भएर अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको भूमे गाउँपालिकाले जनाएको छ । बजेट निर्माण, योजना छनौट, योजना अनुगमन, कार्यान्वयन तथा भुक्तानी लगायतका विषयमा छलफल भइरहेको छ । गाउँपालिकाका निवर्तमाण अध्यक्ष रामसुर बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठ लगायतले अभिमुखिकरणको सहजिकरण गरिरहनु भएको छ । कार्य सम्पादनमा सहजता आओस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।